‘जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि सबै मिलेर काम गर्नुपर्छ’

news-details

गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सवै मिलेर काम गर्नु पर्ने बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा विकास गर्ने सरकारी योजना रहेको बताए ।

उनले वैदेशिक सहयोगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद सामाग्री उपलब्ध गराईने पनि बताए ।

सरकारले प्रदेशलाई हस्तान्तरण गरीएका आपतकालिन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अव प्रदेश सरकारको भएको उनले बताए ।

गृहमन्त्री लेखकले विपद्को समयमा प्रदेश सरकारसंगको समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

त्यसक्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गोदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *