प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- फाल्गुन २७, २०८१
- 0

आज (मंगलवार) प्रनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् ।
यस्तै, बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै सो संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन् ।
0 प्रतिक्रिया
पोखरामा चैत्र ५ गतेदेखि अन्तराष्ट्रिय उडान सुरु हुँदै

पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपाल स्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्ससँगको सहकार्यमा पोखरामा अन्तराष्ट्रिय उडान सुरु हुने भएको छ । […]
सुमनाले काँग्रेस नेताले जग्गा हडपेको आरोप लगाएपछि सांसदहरूको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काँग्रेसका नेताले जग्गा हडपेको आरोप लगाएपछि संसद बैठकमा तनाव भएको छ । राष्ट्रिय स्वतन्त्र […]
गणतन्त्र आईसकेपछि पनि हाम्रो देश राजतन्त्रको ऐन कानूनमा बाचिरहेको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आईसकेपछि पनि राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश भएको बताएका छन् । […]
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको अनुरोध

काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा भोलि मनाइने होली पर्वको चहलपहल सुरु भएको छ। एक आपासमा विभिन्न रङ दलेर र शुभकामना […]
तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत बुधबार तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित […]