स्ववियु निर्वाचनको लागि आज उम्मेदवारी दर्ता
- फाल्गुन २७, २०८१
- 0

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र बिहान ११ देखि २ बजेसम्म दर्ता गर्ने कार्यतालिका रहेको छ । सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का ६२ आङ्गिक तथा एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा निर्वाचन हुन लागेको हो ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न फागुन २८ गते तोकिएको छ । त्यसै दिन दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने कार्यतालिका छ ।
0 प्रतिक्रिया
पोखरामा चैत्र ५ गतेदेखि अन्तराष्ट्रिय उडान सुरु हुँदै

पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपाल स्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्ससँगको सहकार्यमा पोखरामा अन्तराष्ट्रिय उडान सुरु हुने भएको छ । […]
सुमनाले काँग्रेस नेताले जग्गा हडपेको आरोप लगाएपछि सांसदहरूको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले काँग्रेसका नेताले जग्गा हडपेको आरोप लगाएपछि संसद बैठकमा तनाव भएको छ । राष्ट्रिय स्वतन्त्र […]
गणतन्त्र आईसकेपछि पनि हाम्रो देश राजतन्त्रको ऐन कानूनमा बाचिरहेको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आईसकेपछि पनि राजतन्त्रको ऐन कानूनमा बाचिरहने देश भएको बताएका छन् । […]
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको अनुरोध

काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा भोलि मनाइने होली पर्वको चहलपहल सुरु भएको छ। एक आपासमा विभिन्न रङ दलेर र शुभकामना […]
तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत बुधबार तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित […]