कमल थापाले बोलाए राप्रपा नेपालको पदाधिकारी बैठक
- फाल्गुन २६, २०८१
- 0

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन् ।
‘आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेछ’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, हिजो त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत साथै भावी कार्यक्रमका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।
बैठकमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नको लागि समान विचार र उद्देश्य भएकाहरु एकजुट भएर आन्दोलनमा होमिने विषयमा छलफल हुने बर्तौलाले बताए ।
0 प्रतिक्रिया
गीतकार हरि कटुवालले ल्याए एलिनाको जीवनमा मेल खाने मर्मस्पर्शी गीत (भिडियोसहित)

गीतकार हरि कटुवालको शब्दमा ‘अमृत थियो तिम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायीका एलिना चौहानको स्वरमा सजिएको […]
इमानका कोषाध्यक्ष लामा पुरस्कारसहित सम्मानित

आर्थिक मिडियाको प्रतिनिधि संस्था इकोनमिक मिडिया एसोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सव र तेस्रो वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको […]
वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ : श्रममन्त्री भण्डारी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय श्रम तथा […]
आन्तरिक रोजगार प्रवर्द्धन दशकको शुभारम्भ

सरकारले सन् २०२५–३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज […]
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन : विभिन्न क्षेत्रका १० निकायसँग सम्झौता

काठमाडौंमा जारी पाचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा विभिन्न संस्थाहरुबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक […]