‘बी’ डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा च्यासल र वीरगञ्ज भिड्दै

news-details

शहीद स्मारक ‘बी’ लिग फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा आज च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

एकल राउन्ड रोबिनका आधारमा हुने लिगमा ९१ खेल हुने छन् । प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने छन् ।

प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन् ।

लिगको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ ।

यसैगरी, सवोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ५०–५० हजार रुपैयाँ पुरस्कार दिइने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *