कुलमानले शुन्य अंक पाएकोबारे मन्त्री खड्काको प्रष्टोक्ति : ‘जाँचमा भाग नलिएकाले फेल भएका हुन्’

news-details

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा शुन्य अंक पाएकोबारे प्रष्टिकरण दिएका छन् ।

उनले जाँचमा भाग नै नलिने विद्यार्थीले कति नम्बर पाउँछ भन्दै प्रश्न समेत गरे । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले कानुन अनुसार काम नगरेको बताए ।

उनले भने‘ विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ, मलाई भनिदिनु प¥यो । कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन भन्नुपर्यो । संविधानमा नै लेखिदिनुप¥यो । हामीले ल्याएको व्यवस्थामा त्यस्तो होइन । सबै नागरिक नेपालको कानुन अन्तर्गत रहनेछन् । काुननको पालना गर्ने जिम्मेवार पदमा हुने नहुने सबैको दायित्व हो । त्यसैले उहाँले शुन्य नम्बर पाउनु भएको हो । उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन, चिन्दै चिन्नु भएन ।’

कुलमानले उठ्न बाँकी बक्यौता महसुललाई समेत नेपाल विद्युत् प्राधिकरणको नाफा भनेर जोडेको बताए ।

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका आयोजनामा कति खर्च भयो भन्ने अभिलेख समेत प्राधिकरणसँग नरहेको उनको भनाइ छ । कुलमानले बोलेको भरमा विद्युत् प्राधिकरण नाफामा छ भनेर मानिदिन सकिने स्थिति नभएको धारणा राखे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *