गृहका ७ सहसचिवको सरुवा, ६ जनालाई सीडीओको जिम्मेवारी

news-details

गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।

मन्त्रालयले ६ जनलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । सरुवा भएका ७ जनामध्ये रामकृष्ण अधिकारी नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएका छन् भने शशीधर घिमिरेलाई नुवाकोट पठाइएको छ ।

बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *