पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताको मनोबल घटायो : अध्यक्ष ढकाल
- फाल्गुन २२, २०८१
- 0

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताएका छन ।
विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरुलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरुको मनोबल घटाउनु भएको उनले बताए ।
महोत्तरीमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ढकालले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवद्र्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पु¥याउनु गलत भएको बताउनुभयो । उहाँले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने जिकिर गरे ।
अध्यक्ष ढकालले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्नसक्ने अवस्था सिर्जना हुने बताए । यस परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्न बन्ने दाबी गरे । उनले केही राजनीतिक दल र व्यक्तिहरुले गर्दा केबलकार निर्माणमा बाधा पु¥याइरहेको बताए । यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उनले उल्लेख गरे ।