मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिँदै

news-details

मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ । व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गर्न लागिएको हो ।

सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरेको हो ।

विधेयकको दफा ४२ को उपदफा ३ मा ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालक र त्यस्तो सवारीमा यात्रा गर्ने अन्य यात्रुले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख छ ।

उपदफा ४ मा त्यस्ता सवारी साधनमा यात्रा गर्ने १० वर्षमुनिका वा १३५ सेन्टिमीटरभन्दा कम उचाई भएका बालबालिकाका लागि छुट्टै सीट (चाइल्ड रिस्ट्रेन्ट) को व्यवस्था गर्ने उल्लेख छ । उपदफा ५ ले त्यस्ता सवारी साधन चलाउँदा बालबालिकालाई अगाडिको सीटमा राख्न नपाइने पनि उल्लेख गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *