एमालेको जनसंगठनमा अब स्थायी कमिटीको अन्त्य

पाथिभराको केवलकार निमार्णको प्रक्रियालाई अगाडि बढाउन सरोकारवालासँग छलफल गर्ने
news-details

नेकपा एमालेका महासचिव शंकर पोखरेले जनसंगठनलाई व्यवस्थित गर्न कमिटीको आकार सानो बनाउने बताएका छन् ।

आइतवार बसेको एमाले सचिवालय बैठक सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनसंगठनमा केन्द्रिय कमिटी र सचिवालय मात्र रहने गरी नियमावलीको संशोधन गर्ने प्रस्ताव स्वीकृत भएको बताएका हुन् ।

उनले भने, ‘जनसंगठनमा केन्द्रिय कमिटी, सचिवालय,र स्थायी कमिटीको व्यवस्था थियो । अब स्थायी कमिटीको अन्त्य गरी केन्द्रिय समिति र सचिवालय मात्र राख्ने र कमिटीको आकार घटाउने साथै पदाधिकारीको संख्या कम गर्ने प्रस्ताव आजको बैठकले स्वीकृत गरेको छ ।’

यसको साथै, उनले विदेश भ्रमणको सन्दर्भमा विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने र आइसकेपछि व्यवस्थित तरिकाले रिपोर्ट राख्नुपर्ने निर्णय भएको पनि बताए ।

बैठकमा ताप्लेजुङमा रहेको प्रसिद्ध पाथिभराको केवलकार विवादको सन्दर्भमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवालाहरुसँग छलफल गरी केवलकार निमार्णको प्रक्रियालाई अगाडि बढाउन चासो राखेको पनि बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *