स्पष्टीकरण बुझाउदै कुलमानले भने- ‘मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रिपरिषद्लाई मात्रै छ’

news-details

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्रीलाई स्पष्टीकरणको जवाफ पठाएका छन् ।

केही दिनअघि मन्त्री खड्काले घिसिङलाई पदबाट किन नहटाउने ? भन्दै तेस्रो स्पष्टीकरण सोधेका थिए । कार्यकारी निर्देशक घिसिङले जवाफमा उल्टै मन्त्रीको कार्यशैलीमाथि नै प्रश्न उठाएका छन् ।

उनले मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकोले आफूलाई हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत प्रष्ट पारेका छन् ।

स्पष्टीकरणको जवाफ दिँदै उनले आफूलाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नियुक्त गरेकाले हटाउने विषयमा स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार पनि मन्त्रिपरिषद्लाई मात्रै भएको दाबी गरेका हुन् ।

राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा मन्त्री दिपक खड्काले उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएको उनको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *