जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
- फाल्गुन १५, २०८१
- 0

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ ।
यही फागुन १८, १९ र २० गते ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
0 प्रतिक्रिया
स्पष्टीकरण बुझाउदै कुलमानले भने- ‘मलाई स्पष्टीकरण सोध्ने अधिकार मन्त्रिपरिषद्लाई मात्रै छ’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्रीलाई स्पष्टीकरणको जवाफ पठाएका छन् । केही दिनअघि मन्त्री खड्काले घिसिङलाई पदबाट किन […]
स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा २८ औ स्वास्थ्य सेवा […]
टेक्नोलोजीको दुरुपयोग गर्नेक्रम बढेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु बढ्दै गइरहेको बताएका छन् । डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन […]
मलद्वारमा लुकाएर ल्याएको झण्डै चार किलो सुनसहित चार विदेशी पक्राउ

दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्। फ्लाई […]
पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने […]