काभ्रेको धुलिखेलमा बस दुर्घटना हुदा १७ जना घाइते
- फाल्गुन १३, २०८१
- 0

काभ्रेको धुलिखेल नगरपालिका- १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको छ ।
काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् ।
घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बसमा २४ जना यात्रु सवार रहेका थिए ।
घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । बस घटनास्थलमै रहेकोले बाटो एकतर्फी मात्र सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
‘स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता हुदैँन्’ : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहि कतै सम्झौता नगर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल मेडिकल […]
नेपालको हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक संसद्मा प्रस्तुत

नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन […]
औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले औषधि विज्ञानलाई कमाई खाने भाँडो बनाइएको बताएका छन् । मंगलबार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण […]
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, के–के छन ?

सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय […]
देशलाई अब आर्थिक सम्पन्नताको बाटोमा डोर्याउनुपर्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको संघर्ष र […]