आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।

यस्तै,आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाकाले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *