एनआरएनए अभियान्ता शर्माको नाममा चितवनमा ‘आरके वन्दना शर्मा’ मार्ग बन्ने

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियान्ता आरके शर्माको नाममा चितवनको भरतपुरमा ‘आरके वन्दना शर्मा’ मार्ग बन्ने भएको छ ।

भरतपुरस्थित सक्रिय टोल विकास संस्थाको अगुवाईमा बन्न लागेको उक्त मार्गलाई शर्माले आर्थिक सहयोगका साथै निजी जग्गा प्रदान गरेका छन् । संस्थाको अक्षय कोषका लागि शर्मा र उनकी पत्नी वन्दना शर्मा समेतबाट ५ लाख २१ हजार रुपैयाँ नगद सहयोग गरिनुका साथै बाटो विस्तारका लागि २७ धुर जग्गा प्रदान गरिएको छ ।

स्थानीय सक्रिय चोकदेखि उत्तरतर्फको बाटो हालसम्म ३ मिटर मात्र भएकामा शर्माले आफ्नो जग्गाबाट बाटो बढाउन दिएसँगै उक्त सडकलाई ‘आरके वन्दना मार्ग नामकरण गरिएको संस्थाले जनाएको छ ।

सो अवसरमा शर्मालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्थानीय बलु पाण्डे, मंगल सेवा समाजका अध्यक्ष नबिन कुमार रानासहित संस्थाका अध्यक्ष देवेन्द्र पौडेललगायतको सहभागिता रहेको कोषाध्यक्ष लाल प्रसाद शर्माले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *