माओवादी केन्द्रको तराई मधेश जागरण अभियान झापाको कचनकवलबाट सुरु हुँदै
- फाल्गुन १२, २०८१
- 0

नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन् ।
अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा पुगिसकेका छन् । आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले उक्त अभियान सुरु गर्ने छन् ।
यस्तो छ माओवादीको जागरण अभियानको तालिका
कोशी प्रदेश
झापा– फागुन –१२ गते,
मोरङ– फागुन १३ गते,
सुनसरी – फागुन १५ गते,
मधेश प्रदेश
सप्तरी – फागुन १६ गते,
सिरहा – फागुन १७ गते,
धनुषा – फागुन १८ गते,
महोत्तरी – फागुन १९ गते,
सर्लाही– फागुन २१ गते,
रौतहट– फागुन २२ गते,
बारा– फागुन २३ गते,
पर्सा– फागुन २४ गते ।
बागमती प्रदेश
चितवन– फागुन २५ गते
गण्डकी प्रदेश
नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते,
लुम्बिनी प्रदेश
परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते,
रुपन्देही–फागुन २८ गते,
कपिलवस्तु– चैत्र २ गते,
दाङ– चैत्र ३ गते,
बाँके– चैत्र ४ गते,
बर्दिया– चैत्र ५ गते
सुदुरपश्चिम प्रदेश
कैलाली–चैत्र ६ गते,
कञ्चनपुर– चैत्र ७ गते ।