नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्टमा’

निर्धारित समय अगावै ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल
news-details

नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा परेको छ ।

फ्रान्सको फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूचीमा राखेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न खडा गरिएको एफएटीएफ अन्तरसरकारी निकाय हो । जसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याक तथा ग्रे लिस्टमा राख्ने गर्छ ।

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै नेपाल ग्रे लिस्टमा पर्नसक्ने बताइसकेका थिए ।

अहिलेको अवस्था सुधार गर्न सकेमा दुई वर्षभित्रमा नेपाल यो सूचीबाट हट्न पनि सक्छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताए ।

‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ, उनले भने, ‘एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।’

एफएटिएफ नेपाललाई अक्टोबर २०२४ भित्र आवश्यक सुधार गर्न चेतावनी दिएको थियो । तर तोकिएको समयमा आवश्यक सुधार नभएसँगै नेपाल ग्रे लिस्टमा परेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *