माओवादीले तराई—मधेश जागरण अभियान गर्ने

news-details

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनतासँग माओवादी ः तराई—मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जनस्तरमा संगठन सुदृढिकरणका लागि पार्टीले जनतासँग माओवादी अभियान अन्तर्गत यही फागुन १२ गते झापाबाट सुरुवात गरी चैत्र ८ गते कञ्चनपुरमा गएर अभियान समापन हुने बताए ।

उनले भने,‘जनस्तरमा संगठन सुदृढिकरणका लागि पार्टीले जनतासँग माओवादी अभियानअन्तर्गत यही फागुन १२ गते झापाबाट सुरुवात गरी चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुने छ । हुलाकी मार्ग एवं पूर्व–पश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेश जागरण अभियानको कार्यतालिका रहेको छ ।

उनले यही फागुन १० र ११ गते स्थानीय पालिकाका जनप्रतिनिधिहरुको राष्ट्रिय भेला हुन लागेको पनि बताए । सापकोटाका अनुसार उक्त भेलामा पालिकाका प्रमुख ,उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने छ ।

संविधान रक्षा गर्न,दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, मिटरव्याज पीडितको न्यायको पक्षमा आवाज उठाउन जस्ता यो अभियानको उद्देश्य रहेको उनले बताए ।

प्रवक्ता सापकोटाले अभियानले सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेकाले त्यसको विरोध गर्दै पूर्ण प्रेस स्वतन्त्रतासहित सामाजिक सञ्जालको नियन्त्रण होइन, नियमन गर्ने कानुन बनाउनका लागि दबाब दिने पनि बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *