काँग्रेस सभापति देउवाको भारत भ्रमण स्थगित

news-details

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।

आज भारत जाने तय भएकोमा अन्तिम समयमा आएर स्थगित भएको हो । कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा वक्ताका रूपमा सहभागी हुन देउवा भारत जाने तय भएको थियो ।

कार्यक्रममा सहभागी हुने बहानामा भारतका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग देउवाले भेट गर्ने बताइएको थियो । तर भारतका शीर्ष नेतृत्वहरूले भेट नदिने भएपछि भ्रमण नै स्थगित भएको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *