प्रधानमन्त्री ओलीले गरे स्काइ वाक टावरको अवलोकन
- फाल्गुन ७, २०८१
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गरेका छन् । आज सार्वजनिक बिदाको अवसरमा प्रथम महिला राधिका शाक्यसँगै अवलोकन गरेका हुन् ।
उक्त टावरमा हरेक महिना पर्यटकका रुपमा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु जाने गरेका छन् । यसैबीच आज प्रधानमन्त्री ओलीले त्यहाँ पुगी टावरको उचाइमा राष्ट्रिय झण्डोत्तलन समेत गरे ।
सो क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले टावरहरुको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताए । उनले यस्ता टावरमा ज्येष्ठ नागरिक र बालबालिकासहित पर्यटकहरुलाई फुर्सदको समयमा घुमफिर, दृश्यावलोकन र मनोरञ्जनका लागि उपयोगी सावित हुने विश्वास व्यक्त गरे ।
काठमाडौंको मध्यभागमा रहेको दुई सय ५६ फिट उचाइको सो टावर निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




