नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल

news-details

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल निर्वाचित भएका छन ।

आइतबार सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा माधव अधिकारी र विनोद कार्की, महासचिवमा राजेन्द्र थापा, सचिवमा गोपाल अधिकारी र कोषाध्यक्षमा दिपेश वस्याललाई चयन गरेको छ ।

यसैगरी संघको कार्यसमिति सदस्यमा रुद्र नारायण मल्ल, सुनिल कुमार बैद्य ,निरज विक्रम राणा, चन्द्रसिह चौधरीलगायत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष शिवराज वास्कोटाले आइतबार नै पदभार हस्तान्तर गरेका छन् ।

पदभार ग्रहण गर्दै संघका नव निर्वाचित अध्यक्ष नेपालले संघको विधानले निर्देशित गरेका लक्ष्यलाई केन्द्रमा राखेरा आफू अघि बढ्ने बताए ।

यस्तै उनले औषधिका थोक व्यवसायीको व्ययसायिक अधिकारको लागि आफ्नो कार्यकाल फलदायी बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । संघ २०७३ सालमा स्थापना भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *