वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्वीरहरु)

काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष स्थानमा दिल्ली
news-details

पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ ।

प्रदूषणका कारण बिहानैदेखि आकाश धुम्म बनेको छ । आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।

काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया