अध्यादेशका बारे छलफल गर्न सत्तापक्षीय दलको बैठक बस्दै
- फाल्गुन ३, २०८१
- 0

सत्तापक्षीय गठबन्धनको बैठक आज बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
यसअघि हिजो साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भएको थियो ।
एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसदका दुवै सदनबाट स्वीकृत गराउनुपर्नेछ । ती अध्यादेश सदनमा पेस भइसकेका छन् । तर, राष्ट्रिय सभामा अध्यादेश पारित गर्न आवश्यक बहुमत जुटाउन सरकारलाई हम्मे परिरहेको छ । सरकारलाई समर्थन गरिरहेका दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन् ।
0 प्रतिक्रिया
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा

सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा […]
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक […]
फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पु¥याएको दिन भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना […]
निर्वाचनको सफलता आम नागरिकको सहभागिताले निर्धारण गर्दछ : दिनेश थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको […]
प्रजातन्त्र दिवसले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई स्थापित गरेको छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै आजको दिन नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय रहेको बताएका छन् । राष्ट्रिय […]