विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुँदैन् : प्रमुख सचेतक बर्तौला
- माघ ३०, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Bartaula.jpg)
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता नहुने बताएका छन् ।
बुधबार राससको ६४ औं वार्षिकोत्सवको अवसरमा ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ बारे छलफल कार्यक्रममा उनले अधिकतम सहमतीकासाथ गुणस्तरिय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानून बनाउने काममा लागेको भन्दै विधेयक निर्माणमा बहुमतको मान्यता नहुने बताए ।
उनले भने, ‘विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुदैँन् । अधिकतम सहमतीका साथ गुणस्तरिय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानून बनाउने काममा लागि रहेका छौ । त्यस हिसाबले अबको यो अधिवेशनलाई पनि रचनात्मक तरिकाले बढिभन्दा बढि जनताका आवाज मुखरित हुने सरकारको कानमा पु¥याउने, संसदलाई जनताप्रति जवाफदेही बनाएर संसदलाई बलियो बनाउने कोशिस गरिरहेका छौ ।’
यसको साथै, उनले विधेयक र कानून निर्माणका सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष एक ठाँउमा उभिएर काम गर्ने भन्दै विपक्षमा रहेका साथिहरुलाई यही अपिल गरिरहेको बताए ।
उनले भने, ‘विधेयक र कानून निर्माणका सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्ष एक ठाँउमा उभिएर समान धारणाका साथ संसदलाई राष्ट्रिय नीतिहरुको उपयुक्त बहस गर्ने सिर्जनात्मक, रचनात्मक बहस गर्ने थलोको रुपमा लैजान पर्छ हाम्रो चाहाना पनि यही हो । हामीले विपक्षमा रहेका साथिहरुलाई पनि यही अपिल गरिरहेका हुन्छौ ।’
राससले राज्यकै एउटा मुखपत्रको रुपमा आम जनताको भावना बुझेर, सूचनाको हकलाई कार्यान्वयन गर्ने तहमा पु¥याउने गरि योगदान गर्दै आएको भन्दै सरकारको तर्फबाट केही पहल गर्नुपर्ने आवश्यकता भए सहकार्य गर्न तयार रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘राससले राज्यकै एउटा मुखपत्रको रुपमा आम जनताको भावना बुझेर, सूचनाको हकलाई कार्यान्वयन गर्ने तहमा पु¥याउने गरि योगदान गर्दै आएको छ । राससले सिंहदरबार र बालुवाटारको मात्र समाचार सम्प्रेषण गर्दैन्, यसले सबै जनताको समस्या र विषय उठाउने काम गर्छ । पछिल्लो समय असत्य समाचारहरु सम्प्रेषण हुने खतरा बढि रहेको छ । सरकारको तर्फबाट केही पहल गर्नुपर्ने आवश्यकता भयो भने हामी सहकार्य गरेर सँगै काम गर्न तयार छौ ।’
सोही क्रममा नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि हरेक दलमा एउटा कार्यक्रम नै बनाएर अन्तरक्रिया गर्ने सुझाव दिएका छन् ।
उनले भने, ‘रिपोर्टिङ् गर्दा राससले सरकार तर्फ मात्र हेर्छ कि भन्ने एउटा विषयवस्तु छ यसलाई चिर्नको लागि हरेक दलमा एउटा कार्यक्रम नै बनाएर अन्तरक्रियाको कार्यक्रम पनि राख्नको लागि सुझाव दिन चहान्छु । जसले तपाईहरुको रिपोर्टिङ् राम्रो हुन्छ ।’
यसको साथै, उनले राससले ७ सय ५३ वटा स्थानिय तह र ७ वटा प्रदेश सरकारसँग जोडिएर त्यहाँका कुरा ल्याउने हो भने संसद प्रभावकारी बनाउन ठूलो मद्दत हुने पनि बताए ।
उनले भने, ‘दोस्रो सुझाव के छ भने हामी जनप्रतिनिधि हो, हामीले तलका आवाजलाई बुलन्द गर्ने हो । अहिले हामी संघीयतामा छौ । संघीयता भएको कारणले संघमा मात्र होईन, ७ सय ५३ वटा स्थानिय तह र ७ वटा प्रदेश सरकारसँग कसरी जोड्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ । तपाईले यी सरकारहरुको कुरा ल्याउने हो भने संसद प्रभावकारी बनाउन ठूलो मद्दत हुन्छ ।’