‘वल्र्ड स्कलरर्स’ कपमा यूरो स्कुल भक्तपुरका विद्यार्थी छनोट, ग्लोबल राउण्डका लागि विदेशमा प्रतिस्पर्धा गर्न पाउने
- माघ २९, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/image-2.png)
अमेरिकाको एल यूनिवर्सिटीले प्रत्येक वर्ष आयोजना गर्दै आएको वल्र्ड स्कलरर्स कपको अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा यूरो स्कुल भक्तपुरका सहभागी सम्पूर्ण विद्यार्थी छनोट भएका छन् ।
यो वर्ष भएको वल्र्ड स्कलरर्स कप २०२५ को काठमाडौं राउण्डमा भक्तपुरको सृजनानगरमा रहेको यूरोस्कुलका ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । ती सबै विद्यार्थीहरु सो प्रतियोगितामा छनोट भएर ईन्टरनेशनल राउण्डमा प्रवेश गर्न सफल भएका हुन् ।
सो प्रतियोगितामा काठमाडौं उपत्यकाका उत्कृष्ठ विद्यालयहरुले पनि सहभागिता जनाएका थिए । यूरो स्कुल भक्तपुरसंगै उपत्यकाका उत्कृष्ठ विद्यालयहरुका १५ सय विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसअन्तर्गत विभिन्न विद्यामा गरेर यूरो स्कुल भक्तपुरका सम्पूर्ण विद्यार्थी छनोट हुन सफल भएका हुन् ।
सो प्रतियोगितामा छनोट भएका विद्यार्थीले अब ग्लोबल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल राउण्ड अष्ट्रेलिया, हङ्घकङ्घ लगायतका देशमा हुनेछ । सोबाट पनि छनोट भएको खण्डमा अमेरिका गएर प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
वल्र्ड स्कलरर्स कप प्रत्येक वर्ष आयोजना हुने प्रतियोगिता हो । अन्य विद्यालयले ९ कक्षासम्मका विद्यार्थीलाई सहभागी गराएको थियो । यूरो स्कुल भक्तपुरले भने ३ कक्षा देखी ६ कक्षासम्मका विद्यार्थीहरुलाई सहभागी गराएकोमा सबै छनोट हुन सफल भएका हुन् ।
ती सबै विद्यार्थी इन्टरनेशनल राउण्डका लागि छानिएका हुन् । विद्यालयका लागि यो ठूलो उपलब्धी भएको यूरोस्कुल भक्तपुरका संस्थापक अध्यक्ष नवराज काफ्लेले बताउनु भयो । काठमाडौंमा भएको प्रतियोगितामा यूरो स्कुल भक्तपुरका विद्यार्थीहरुले सांगीतिक प्रस्तुत समेत दिएका थिए । प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका यूरो स्कुल भक्तपुको कक्षा ४ मा अध्ययनरत विद्यार्थी आश्भी मरासीनी डिभेट शोकेशका निर्णायक समेत बनेका थिए ।