सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा, मन्त्रीको कार्यकक्ष जल्यो
- माघ २६, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/khanepani-matralaya.jpg)
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार आगलागी भएको छ । खानेपानी मन्त्रालयको तेस्रो तलामा आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।
आगो प्रहरीले नियन्त्रणमा लिएको । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिएको बताए ।
प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको छ । खानेपानी मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन । सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ ।
0 प्रतिक्रिया
केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा कुनैपनि असर गर्दैन् : चन्द्र ढकाल
![केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा कुनैपनि असर गर्दैन् : चन्द्र ढकाल](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Dhakal.jpg)
उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको […]
युरोपमा ज्ञान–सीप सिकें, नेपालमा सयौलाई रोजगारी दिलाएँ : लोकराज शर्मा
![युरोपमा ज्ञान–सीप सिकें, नेपालमा सयौलाई रोजगारी दिलाएँ : लोकराज शर्मा](https://rojgarmanch.com/wp-content/uploads/2025/02/LOkraj.jpg)
दुई दशकअघि मेरो जन्मगाउँ जुम्लाको सिंजा छाडेर काठमाडौं हुँदै विदेश पुग्दा आजको सपना मैंले देखेको थिइन् । उच्च शिक्षाका सिलसिलामा […]
समाजवाद निर्माणको मुख्य आधार कृषिः प्रचण्ड
![समाजवाद निर्माणको मुख्य आधार कृषिः प्रचण्ड](https://rojgarmanch.com/wp-content/uploads/2025/02/P26-scaled.jpeg)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका छन् […]
कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
![कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह](https://rojgarmanch.com/wp-content/uploads/2025/02/KP-p.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई […]
आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजपत्र जोगिएका छन् : मन्त्री यादव
![आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजपत्र जोगिएका छन् : मन्त्री यादव](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Pradip-Yadav-.jpg)
खानेपानीमन्त्री प्रदिव यादवले सिहदरबार स्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन् । शनिबार संचारकर्मीहरुसँगको कुराकानीका क्रममा घट्नाबार अनुसन्धान […]