यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)
अर्थतन्त्र चलायमानका लागि निरन्तर रुपमा काम गर्दै आइरहेका छौं : अर्थमन्त्री
- माघ २४, २०८१
- 0
![news-details](https://rojgarmanch.com/wp-content/uploads/2025/02/Bishnu-Poudel-1.jpg)
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आकार सुरु विनियोजनको तुलनामा ९.०१ प्रतिशतले घटाउँदै अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च अनुमानलाई १८ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँमा झारिदिएका हुन् ।
आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनमार्फत आर्थिक क्रियाकलापमा तिब्रता ल्याउने उद्देश्यसहित कार्यान्वयनमा रहेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको अवस्था मिश्रित रहेको अर्थमन्त्रीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमानका लागि निरन्तर रुपमा काम गर्दै आइरहेको बताएका छन् ।
उनले अहिलेको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने बताएका हुन् । उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउनका निम्ती पोलिसि मेर्थटमा पनि हामी काम गरिरहेका छौं । अहिलेको अध्यादेश पनि अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने छ । अध्यादेशले मुख्यतया अर्थथन्त्र बढाउनेमा आत्मविश्वास दिलाएको छ ।’
साथै उनले जति पनि काम गरेको छ सरकारले त्यो भन्दा अझैं राम्रो काम गर्ने संकल्प सरकारले लिएको बताए ।