जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- माघ १९, २०८१
- 0
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो ।
बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेण्डामा छलफल हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ । बैठक माघ २० गतेसम्म चल्ने छ ।
0 प्रतिक्रिया
लोकतान्त्रिक फोरमको निर्णय विरुद्ध खनालको नेतृत्वमा अर्को प्यानल घोषणा
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि कांग्रेस समर्थित व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको निर्णय विपरित […]
महिला टी-२०आई शृंखला : नेपालको लगातार दोस्रो हार
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा […]
सहकारी सम्बन्धी अध्यादेश संशोधन गर्न प्रधानमन्त्रीलाई एमालेका दुई निकायको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको […]
समयानुकुल सहकारीमैत्री ऐन, नियमहरु बनाउनका लागि अध्यादेश आवश्यक
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका […]
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जा चोक नजिक घोप्टो […]