‘नोभेम्बर’ र ‘लाज शरणम’ बीच जलवायु परिवर्तन विरुद्धको अभियानमा सहकार्य सम्झौता
- माघ १८, २०८१
- 0
जलवायु परिवर्तनविरुद्वको अभियानमा फिल्म ‘लाज शरणम’को निर्माता कम्पनी जेपीटी क्रिएसन र क्लोथिङ ब्राण्ड नोभेम्बरले हातेमालो गर्ने भएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहकार्यबारे दुबै कम्पनीका प्रतिनिधिबीच लिखित सम्झौता भयो । जसअनुसार, नोेभेम्बर क्लोथिङ ब्राण्ड फिल्म प्रायोजकको रुपमा जोडिएको छ ।
फिल्मका निर्माता नवीन श्रेष्ठ र नोभेम्बर ब्राण्डको तर्फबाट केदार न्यौपानेले हस्ताक्षर गरे । ‘जलवायु परिवर्तन अहिलेको ज्वलन्त मुद्दा हो । हिमालमा हिउँ रित्तिएका छन् । बेमौसममै बाढीपहिरो र आगलागीका घटना भएका छन् । हामीले हाम्रो ब्राण्डमार्फत यसमा जनचेतना जगाउने कार्य गरिरहेका छौं ।’
न्यौपानेले अघि भने, ‘जनचेतना जगाउने र समाजमा परिवर्तन ल्याउन फिल्म सशक्त माध्यम हो । यसमा पनि लाज शरणम अहिलेको प्रतीक्षित फिल्म हो । यसले वर्तमान परिप्रेक्ष्यलाई फिल्ममा चित्रण गरेको छ’ न्यौपानेले पत्रकार सम्मेलनमा भने, ‘फिल्ममार्फत परिवर्तन ल्याउन सकिन्छ भन्नेमा आशावादी छौं ।’
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










