संसद बैठक १५ मिनेट अवरुद्ध, वहिष्कार गर्नुको कारणबारे बोले रास्वपा सांसद
- माघ १८, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही कुरा राख्नको लागि समय माग गर्दा सभामुखले नदिएको भन्दै १५ मिनेटको लागि सदन बहिष्कार गरेको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि उनले समय मागको कुरा सम्बोधन नहुँदा १५ मिनेट बहिष्कार गरेको बताइन् ।
उनले भनिन्, ‘हाम्रा केही विशेष कुराहरु छन् । जुन हामी राख्न चाहन्छौ भनेर सभामुखसँग समय माग गरेका थियौं । उहाँले हामीलाई समय दिनु भएन । त्यसको विरोधस्वरुप १५ मिनेटको लागि सदन बहिष्कार गर्ने निर्णय गरेर सदनबाट निस्किएका थियौं । १५ मिनेट पूरा भयो हामी जान्छौं ।’
यस्तै, अर्का सांसद हरि ढकालले पनि केही विषय राख्न थोरै समय आग्रह गर्दा पनि प्राप्त नभएको भन्दै सांकेतिक विरोध मात्र गरेको बताए ।
0 प्रतिक्रिया
‘नोभेम्बर’ र ‘लाज शरणम’ बीच जलवायु परिवर्तन विरुद्धको अभियानमा सहकार्य सम्झौता
जलवायु परिवर्तनविरुद्वको अभियानमा फिल्म ‘लाज शरणम’को निर्माता कम्पनी जेपीटी क्रिएसन र क्लोथिङ ब्राण्ड नोभेम्बरले हातेमालो गर्ने भएका छन् । शुक्रबार आयोजित […]
अध्यादेशका विषयमा सांसदहरु पक्ष र विपक्षमा
नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रतालाई निषेध गर्न खोजेको बताएका छन् । शुक्रबार संसदबाहिर बोल्दै […]
अष्टेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्धारा प्रतिनिधि चयन
नेपाल चेम्बर अफ कमर्सले अष्टेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधि चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी […]
बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी प्रणाली लागू गरिने
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्नेगरी एकीकृत प्रणाली […]
गायिका एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता
गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको […]