काठमाडौंको न्यूनतम तापक्रम घट्यो
- माघ १८, २०८१
- 0
काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ ।
बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो ।
बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम विस्तारै उकालो लाग्न सक्ने छ ।
एक साताअघि शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो ।
त्यसपछि शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।
0 प्रतिक्रिया
एशोसिएशनभित्र उम्मेदवार छनौटमा चरम असन्तुष्टी, दुई तिहाईले निणर्य गरेको अध्यक्ष थापाको दावी
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि उम्मेदवार छनौट धमाधम भइरहेको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी […]
रवि लामिछानेले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् । शुक्रबार संसद […]
पाथिभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने
नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथिभरा केवलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताएका छन् । शुक्रबार बसेको […]
अखिल क्रान्तिकारी सचिवालय सदस्यमा दर्जी बिजयी
माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको सचिवालय सदस्य पदमा जाजरकोटका प्रेमबहादुर दर्जी बिजयी भएका छन् । अखिल क्रान्तिकारीको २३ औं […]
नेपाल कबड्डी लिगको फाइनल आज, उपाधिका लागि जनकपुर र काठमाडौं भिड्दै
नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल शुक्रबार हुँदैछ । आज हुने फाइनल खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा […]