राप्रपा केन्द्रीय समिति बैठक जारी
- माघ १२, २०८१
- 0
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीमा सुरु भएको बैठक आजसम्म बस्ने भएको हो । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।
बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल भैरहेको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन् ।
बैठकमा अर्थतन्त्र शिथिल र कमजोर भएकोबारे छलफल गरिनेछ । यस्तै, अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा छलफल हुनेछ ।
0 प्रतिक्रिया
सत्तारुढ दलहरूको बैठक आज बस्दै
सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने […]
कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै
नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजो आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय […]
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
सोमबार संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक […]
काठमाडौँमा न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्यो
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको जनाएको छ। महाशाखाले दिएको जानकारी अनुसार आइतबारको […]
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन छलफलका एजेण्डा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा […]