खो–खो विश्वकप : नेपाली महिला टिम उपविजेता, भारतले जित्यो उपाधि

news-details

नेपाललाई हराउँदै भारतले महिलातर्फको खो–खो विश्वकपको उपाधि जितेको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक खो खो विश्वकपको उपाधि जितेको हो ।

महिलातर्फ नेपाल र भारत दुव‌ै अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो ।

महिलातर्फ नेपाल समूह सी मा सबै चार खेल जित्दै अपराजित रहेर समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *