वैदेशिक रोजगारी : व्यक्तिगत माध्यमबाट जानेको संख्या बढ्यो
- माघ ६, २०८१
- 0
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो ।
गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रमस्वीकृति लिनेको संख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रुपमा विदेशिनेको संख्या भने बढेको देखिएको छ ।
व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो । व्यक्तिगत रुपमा जानेको संख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ ।
विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ । पछिल्लो अवधिमा मेनपावरमार्फत १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रुपमा जानेको संख्या २ लाख ५ हजार ९४५ रहेको छ ।
0 प्रतिक्रिया
खो–खो विश्वकप : नेपाली महिला टिम उपविजेता, भारतले जित्यो उपाधि
नेपाललाई हराउँदै भारतले महिलातर्फको खो–खो विश्वकपको उपाधि जितेको छ । नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई […]
बैंक र अर्थतन्त्र डुब्दैछ भनेर हावादारी प्रचार गरियो : अर्थमन्त्री
अर्थमन्त्री विष्णु पौडलले यसपालीको बजेटमा विचित्रको अभ्यास गरेको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बजेटको सिद्धान्त तथा […]
सुप्रिम सहकारी ठगि प्रकरण : रवि लामिछानेसहित २२ जनाविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता
राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतम मुद्दा दायर भएको छ । सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा […]
वैदेशिक रोजगारी : व्यक्तिगत माध्यमबाट जानेको संख्या बढ्यो
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि […]
रञ्जना व्यापार संघको तेस्रो ‘फुटसल टुर्नामेन्ट’ प्रतियोगिता सम्पन्न, दोस्रो तल्ला विजयी (फोटोफिचर)
काठमाडौंको न्युरोडस्थित रञ्जना ट्रेड सेन्टरमा व्यवसाय गर्ने व्यवसायीहरुको साझा संस्था रञ्जना व्यापार संघले तेस्रो फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न गरेको छ […]