तीनवटा संसदीय समितिको बैठक बस्दै
- पुस २८, २०८१
- 0
संघीय संसद अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।
आइतबार अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
सरकारले माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउँदै
शहरी विकास तथा भवन निर्माण विभागले आगामि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आइतबार […]
‘लोकतन्त्रको प्रवद्धनमा सूचनामा आधारित रहेर राजनीतिक दलहरु सञ्चालन गर्न आवश्यक’
सभामुख देबराज घिमिरेले लोकतन्त्रलाई प्रवद्र्धन गर्नको लागि सूचनामा आधारित भएर राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताएका छन् । […]
राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित […]
मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । आइतबार दिउँसो सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा […]
ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर (तस्वीरहरु)
धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर काठमाडौंको कीर्तिपुरमा अवस्थित रहेको छ । यो मन्दिर काठमाडौं उपत्यकाबाट ७ किलो […]