सातदोबाटोको अवैध कल सेन्टरमा सिआइबीको छापा, तीन जना भारतीयसहित ५३ जना पक्राउ
- पुस २३, २०८१
- 0
ललितपुरको सातदोबाटोस्थित एक घरमा अवैध कल सेन्टर चलाएको आरोपमा प्रहरीले ५३ जनालाई नियन्त्रणमा लिएको छ।
सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अपरेशन चलाएर सातदोबाटोस्थित कल सेन्टरमा पुगेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार घर भाडामा लिएर कल सेन्टर चलाइरहेको सूचना पछि प्रहरीको टोली खटिएको थियो। उनीहरू तीन तले घरमा बसेका थिए।
कम्पनी नै दर्ता गरेर कल सेन्टर र जुवा खेलाउने लगायतका काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी बोगटीले बताए।
पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक छन्। अन्य सबै नेपाली नागरिक छन्। उनीहरूमाथि अनुसन्धान गरेर मंगलबार म्याद थप्ने तयारी सिआइबीको तयारी छ।
0 प्रतिक्रिया
मौसम पूर्वानुमान : तराईमा हुस्सु, पहाडको मौसम सफा रहने
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको […]
दरबार स्कुल पूर्व विद्यार्थी समाजको अध्यक्षमा सुरेश श्रेष्ठ
नेपालको पहिलो (जेठो) स्कुल भानु मा.वि.(दरवार स्कूल) पूर्वविद्यार्थी समाजको छैटौ साधारणसभा तथा अधिवेशनले सुरेश बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले […]
औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग जरुरत छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकता औँल्याएका छन् […]
इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ । मन्त्रालयले निजी, […]
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद […]