रास्वपाले गठन गर्यो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
- पुस २१, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।
आइतबार रास्वपाले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो ।
कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।
कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेका छन्।
साथै कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।
0 प्रतिक्रिया
लायन्स क्लव इन्टरनेशनलका विभिन्न क्लवहरुद्धारा बेथान्चोकका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
लायन्स क्लव इन्टरनेशनल ३२५ आइ अन्तर्गतका क्लवहरुले काभ्रेपलान्चोकस्थित बेथान्चोक गाउँपालिका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री साथै विद्यालय पोसाक वितरण गरेको छ । […]
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
संघीय संसद राष्ट्रिय सभा अन्तरगत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ छ । बुधबार बिहान ११ः०० बजे […]
सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीहरूको थुनछेक बहस जारी
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । यस मुद्दाका आरोपी राष्ट्रिय […]
मानव-हात्ती द्वन्द्व न्यूनिकरणका लागि विशेष प्याकेज ल्याइन्छ : मन्त्री शाही
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मानव-हात्ती द्वन्द्व न्यूनिकरणका लागि सरकार गम्भीर भएको बताएका छन् । झापाको मेची नगरपालिकामा […]
शैलुङमा यस वर्षको पहिलो हिमपात
रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो […]