एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- मंसिर २६, २०८१
- 0
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएको छ ।
काठमाडौंले दिएको एकसय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अलआउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफल भएको छ ।
टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए । लिग चरणमा कर्णाली याक्ससँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोजलाई ३३ ले मात्रै हराउन सक्यो । बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो ।
यता, काठमाडौंले भने दोस्रो जित हासिल गरेको छ । काठमाडौंले यसअघि कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो ।
0 प्रतिक्रिया
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । आज (बिहिबार) माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न […]
आज संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै
आज प्रतिनिधि सभा अन्तरगत दुई समिति र राष्ट्रिय सभा अन्तरगत एक समितिको बैठक बस्दैँछ । बिहिबार प्रतिनिधि सभा अन्तरगत राज्य […]
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज सातौँपटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ। यसअघि […]
एनपिएलमा बिहीवार पनि दुई खेल हुदैँ
नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा […]
कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् […]