ओमानमा अन्तर नेपाली क्रिकेट प्रतियोगिता–२०२४ शुक्रबारदेखि हुँदै
- पि.बि श्रेष्ठ/मस्कट
- मंसिर १८, २०८१
- 0
नेपाली जनसम्पर्क समिती ओमानको आयोजना तथा एनआरएन सोसल क्लबको सह–आयोजनामा शुक्रवारदेखि अन्तर नेपाली क्रिकेट प्रतियोगिता हुँदैछ ।
६ डिसेम्बर २०२४ शुक्रबारका दिन बिहान ०७ बजेबाट अल हैल क्रिकेट मैदान मबेलामा संचालन हुन अन्तर नेपाली क्रिकेट प्रतियोगिता–२०२४ को सम्पुर्ण तयारी सप्पन्न भएको आयोजकले जनाएका छन् ।
क्रिकेट प्रतियोगितामा ओमानमा स्थापित विभिन्न संघ संस्थाहरुले आआफ्नो टिम सहभागि हुने जनाइएको छ । प्रतियोगितामा एनआरएन सोसल क्लब, प्रवासी नेपाली मंच, नेपाल मगर संघ, नेपाली समुदाय सेवा समाज सोहार, लुम्बिनी, मसरूम ओमान, ८८४८, गुर्खा वरियरसको २ टिम गरि जम्मा ९ टिमको सहभागिता रहने जनाइएको छ ।
अन्तर नेपाली क्रिकेट प्रतियोगिताको खेल तालिका पनि तयार भइ सकेको आयोजक जनसम्पर्क समितिका महामन्त्री संजय शाहले जानकारी गराएका छन् ।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो खेल बिहान ०७ बजे नेपाल मगर समाज र ८८४८ टिम बिच रहेको छ । दोस्रो खेल एनआरएन सोसल क्लब र मसरूम ओमान बिच बिहान ०८ः१५, तेस्रो खेल प्रवासी नेपाली मंच र लुम्बिनी टिम बीच बिहान ०९ः३०, चौथो खेल नेपाली समुदाय सेवा समाज सोहार र गुर्खा वरियरस “ए“ बिच बिहान १०ः ०० मा रहेको छ, साथै गुर्खा वरियरस “बी“ टिम बाई मा परेको छ । आयोजक टिमले सम्पुर्ण सहभागी संघ संस्थाका टिमहरुलाई समयमै खेल मैदानमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
अन्तर नेपाली क्रिकेट प्रतियोगिता–२०२४ लाई लुलु एक्सचेञ्ज ओमान, एइ सिक्स होलिडे, मोर्डन ब्राइड्ज एल.एल.सि. गुर्खा किचन, चेत गुरुङ र गणेश रेग्मीले सहयोग गरेका छन् ।