डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता
- कार्तिक २९, २०८१
- 0
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।
नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूर्ण हुने प्रष्ट पारेको छ ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा करिब दुई घण्टा भेट गरेको जानकारी दिए । ह्वाइट हाउसका चीफ अफ स्टाफ जेफ जिएन्ट्स र आगामी चिफ अफ स्टाफ सुसी विल्स पनि बैठकमा उपस्थित रहेको पनि उनको भनाई छ । छलफल सौहार्दपूर्ण र फलदायी भएको उनको टिप्पणी छ ।
नव निर्वाचित र वर्तमान राष्ट्रपतिकाबीचमा अमेरिका र विश्वले सामना गरिरहेका महत्वपूर्ण राष्ट्रिय सुरक्षा र घरेलु नीतिका मुद्दाहरूमा छलफल भएको बुझिएको छ ।
0 प्रतिक्रिया
नेपाली नेताहरुको जम्बो टोली कम्बोडियातर्फ, यस्तो छ सूची
नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार […]
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ
ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । प्रहरीले उनलाई आज कार्यालयबाटै पक्राउ गरेको हो । नेपाल भ्रमणमा रहेका […]
एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा
एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा […]
‘मन्त्री हेरफेर हुँदैन, डेढ बर्षपछि देउवा प्रधानमन्त्री’
गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा […]
खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण […]