एनआरएनए अष्ट्रेलियाका सदस्य श्रेष्ठको पहिरोपीडित भुजेललाई आर्थिक सहयोग

news-details

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सदस्य तथा पर्थका सफल व्यवसायी सुनिल श्रेष्ठले दोलखाका पहिरोपीडित बालकलाई आर्थिक सहयोग गरेका छन् ।

श्रेष्ठ नेपाल आएको अवसरमा दोलखा पुगेर गत असोज १२ गते भीमेश्वर नगरपालिका ६ सिमपानीको पहिरोमा परि बाँच्न सफल भएका दुई वर्षको साहिल भुजेललाई आर्थिक सहयोग गरेका हुन् ।

एनआरएनए श्रेष्ठ र अष्ट्रेलियन बौद्ध भिक्षु छोला जाम्पाद्वारा भिमेश्वर नगरपालिका ६का वडा अध्यक्षको रोहबरमा पीडित बालकको हजुरआमालाई १५ हजार हस्तान्तरण गरेका छन् ।

बालकको भोलिका दिनमा आवश्यक परेमा शिक्षा दिक्षा तथा लालनपालनका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता एनआरएन श्रेष्ठले जनाएका छन् । आफ्नो जन्म जिल्ला पुगेका श्रेष्ठले विभिन्न संघ संस्था एवं व्यक्तिहरूलाई आर्थिक एवं मानवीय सहयोग गर्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *