प्रदर्शनकारी निवासमै छिरेपछि प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिन

news-details

बंगलादेशमा आरक्षणविरूद्वको विद्यार्थीको आन्दोलन नियन्त्रण बाहिर भएको छ ।

प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवास गणभवनमा छिरेपछि प्रधानमन्त्री शेख हसिना ढाका छोडेर अन्यन्त्र लागेकी छिन ।

हजारौंको संख्यामा प्रदर्शनकारीहरू सरकारी भवन छिरेको अन्तर्राष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रदर्शनका क्रममा आइतबार मात्रै ९१ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ ।

प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *