राजदूत पाण्डे ब्रुनाई र तान्जानियाका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त
- जेष्ठ २, २०७६
- 0
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा यो नियुक्ति गरेकी हुन् ।