साहित्यकार राजकुमार राईद्वारा लिखित उपन्यास ‘किवाहाङ’ बजारमा

news-details

साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष, साहित्यकार राजकुमार राईद्वारा लिखित उपन्यास किवाहाङको आज एक भव्य समारोहकाबीच बिमोचन गरीएको छ ।

राजनीतिक बिश्लेषक सुरेन्द्र केसीसहित बिभिन्न साहित्यकारहरुले आज काठमाडौमा संयुक्त रुपमा उपन्यास किवाहाङको बिमोचन गरेका हुन । संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएसनको आयोजनामा भएको पुस्तक बिमोचन कार्यक्रममा प्रमुख समिक्षक डा। केसीले उपन्यासको चिरफार गरे ।

डा।केसीले लेखक राईको किवाहाङ अन्य उपन्यास भन्दा पृथक रहेको भन्दै कृति धेरै मेहनत गरेर लेखिएको बताए । किवाहाङको अर्थ हुन्छ किवा भनेको बाघ र हाङको अर्थ हुन्छ राजा । यसले बाघको पनि राजा भन्ने अर्थ राख्छ । उपन्यास मलेसियाबाट सुरु भएको डा।केसीले बताए । उपन्यासमा सिंगापुरको कथा पनि समेटीएको छ । संखुवासभा, भोजपुरको उकालो, दिङ्ला, तुम्लिङटार, हिले बजार, धनकुटा अनि त्यहाको ओरालो, धरान, फुस्रेबजार, घोपाक्याम्प त्यसैको सेरोफेरोमा उपन्यास घुमेको छ ।

केसीले बिदेश भोगाईका अनेक पाटालाई जोडदार रुपमा जोड्दै सिङ्गो उपन्यास तयार भएको बताए । सुरुदेखि अन्तसम्म एकनासले साहित्यीक रुपमा बगेको उपन्यास पटकौ पटक पढौ पढौ लाग्ने खालको रहेको केसीले सुनाए । मले युद्ध र गोर्खा शैनिकले भोग्नु परेका समस्या तथा विश्वयुद्धले पारेको असरको बारेमा पनि लेखकले उपन्यासमा उजागर गरेको डा।केसीले बताए ।

गोर्खालीहरुलाई युद्धको घाउले अहिले पनि चहराई रहेको कुरा उपन्यासमा उल्लेख छ । बिभिन्न धर्मको उल्लेख गर्दे कुनै पनि धर्मले युद्ध, हत्या, हिंसालाई प्रसय नदिएको भन्दै किन युद्धले यस्तो चोट दिएको भन्ने कुरा उपन्यासमा उल्लेख छ । उन उपन्यास पढ्न योग्य रहेको भन्दै खोजेर पढ्न पनि आग्रह गरे । किवाहाङ काल्पनिक नाम दिएर लेखिएको उपन्यासले व्यक्ति र समाज रुपान्तरणमा सोच बदल्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

लामो समय हङकङको सुख सयलको जीवनमा रुमलिएका लेखक राईले आफूलाई सानै उमेरदखि साहित्यमा रुचि रहेको बताउदै त्यो बेला दुई तोला सुन बेचेर पुस्तकहरु किनेर पढेको स्मरण गरे । साहित्यप्रतिको त्यही रुचिले अहिले उनलाई लेखक तथा साहित्यकार बनायो । यसको अलवा उनी समाजसेवा र पुस्तकालय अभियानमासमेत जोडिएका छन ।

सानै उमेरदेखि बाहिरी पुस्तक पढ्न रुचाउने लेखक राई आफ्नी आमाले भन्दै आएका युद्धका कथा,लोक कथाहरुबाट प्रभावित भएर साहित्यतिर झुकाव राख्दै आएका हुन् । हङकङमा बसेर पनि नेपाली साहित्यलाई मायाँ गर्दे आएका राईले नियमित रुपमा साहित्य प्रकाशन र हङकङमा पनि साहित्यीक कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् । साहित्य भने पछि हुरुक्कै हुने उनको स्वभावका कारण आज उनले नेपाली साहित्यलाई बिदेशी भूमिमा रहेर पनि मलजल गरीरहेका छन ।

उनले अहिले पनि नेपालका दुर दराजमा झण्डै २१ भन्दा बढी ठाउँमा शिक्षा, स्वास्थ्य, कृषि र पाठ्यक्रममा आधारित पुस्तकालय पु¥याई सकेका छन् ।

उपन्यास बिमोचन कार्यक्रममा साहित्यकार मायाँ ठकुरी, गितकार दिनेश अधिकारी, किशोर पहाडी, बुलु मुकारुङ लगायतका श्रष्टाहरुको जमघट थियो ।

सो अबसरमा पुस्तकालय अभियानमा सहयोग पु¥याउने साहित्यप्रेमीहरुलाई सम्मानित समेत गरिएको थियो । लेखक राईले पुस्तकालय अभियानलाई अझै व्यवस्थित गर्दे दुर दराजसम्म पु¥याउने प्रण गरे । यसका साथै हङकङ फिरेपछि नयाँ उपन्यासको सृजना गर्ने विश्वास दिलाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *