नेपाल व्यावसायी संघ कतारले गर्यो राजदूत ढकालको विदाई
- असार २७, २०८१
- 0
नेपाली व्यवसायी संघ कतारले कतारका लागि नेपाली राजदूत डा. नरेश बिक्रम ढकाललाई विदाई गरेको छ ।
आफ्नो कार्यकाल सकेर नेपाल फिर्ता हुन लागेका राजदुत ढकाललाई संघले बुधबार एक कार्यक्रमको आयोजना गरी विदाई तथा सम्मान गरेको संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले जानकारी दिएका छन । राजदूत ढकाल नेपाल व्यावसायी संघ कतारका प्रमुख संरक्षक समेत हुन ।
विदाई तथा सम्मान समारोहमा बोल्दै संघका अध्यक्ष चम्लागाईले राजदूत ढकालले आफ्नो कार्यकालमा संघ तथा कतारमा रहेका नेपालीका लागि धेरै सहयोगका काम गरेको स्मरण गरे । उनले भने ‘महामहिमज्यूले कतारमा रहेका नेपालीको संरक्षण, दुई देशबीचको सम्वन्ध विस्तारका साथै कतारी राजालाई नेपाल भ्रमण गराएर आफ्नो कार्यकाल सफल बनाउनुभएको छ, कतारमा रहेका सम्पूर्ण नेपाली व्यवसायीको तर्फबाट उहाँलाई हार्दिक बधाईसहित उच्च सम्मान प्रकट गर्दछौ ।’
0 प्रतिक्रिया
मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् । शनिबार क्षेत्रपाटी अस्पतालले आयोजना गरेको विद्युतीय […]
काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत् अवरूद्ध
काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क […]
महोत्तरी जिल्ला प्रशासनका नासु घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । सवारी […]
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको […]
एमाले महासचिवले भने– ‘मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो’
काठमाडौं महानगरपालिकाले दरबारमार्गमा आयोजित नेकपा (एमाले)को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले […]