संसद सचिवालयका आन्दोलनरत कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
- असार १०, २०८१
- 0
सेवासुविधासँग सम्बन्धित विभिन्न माग राखेर आन्दोलन गरिरहेका संघीय संसद सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
चरणचरणमा भएको छलफल र वार्तामा संघीय संसद सचिवालय कर्मचारी युनियन र कानूनमन्त्री पदम गिरीको नेतृत्वमा बनेको सरकारी सहजीकरण समितिबीच उक्त सहमति भएको हो ।
सहमतिअनुसार कर्मचारीका मागप्रति सरकार सकारात्मक रहेकोले सम्पूर्ण माग क्रमशस् पूरा गर्दै जाने सहमति बनेको छ । हाललाई राजपत्राङ्कित कर्मचारीको मासिक ३ हजार ५ सय र राजपत्र अनङ्कित कर्मचारीको लागि मासिक ३ हजार आवास भत्तामा वृद्धि गर्ने पनि सहमति बनेको छ ।
कर्मचारीलाई दिइँदै आएको शैक्षिक भत्तामा मासिक ३ सय बढाइएको छ । साथै अतिरिक्त समयमा काम लगाएबापत उपलब्ध गराउँदै आएको खाजा खाना खर्च दैनिक १ सय बढाइएको छ । कर्मचारी प्रशासन नियमावली, २०६५ को अनुसूची – १२ लाई बढीमा तीन वर्षमा पुनरावलोकन गर्ने पनि सहमति बनेको छ ।
0 प्रतिक्रिया
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि काठमाडौंसहित देशका विभिन्न दुर्गम क्षेत्रका […]
रवि लामिछानेलाई बुटवल लाने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल ल्याउने भएको छ […]
मुस्ताङमा साढे ८ लाख रुपैयाँसहित १२ जुवाडे पक्राउ
मुस्ताङको घरपझोङ गाउँपालिकामा साढे ८ लाख रुपैयाँसहित १२ जना पक्राउ परेका छन्। आइतबार राति घरपझोङ २ मार्फास्थित फिरोज लालचनको माउन्ट […]
आज पनि तिहारको बिदा , सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले […]
तिहार सकिएलगत्तै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु, नदी किनार सिंगारिँदै
तिहार सकिएलगत्तै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ […]