सरकारका सय दिन र रास्वपाको जोखिमी यात्रा

news-details

शिक्षा, खेलकुद, श्रम र गृहमन्त्रीका बारेमा जतिले थाहा पाएका छन् त्यति नै अरु मन्त्रीका बारेमा थाहा पाएका होलान् ?

यो प्रश्नको जवाफ जे आउँछ त्यसलाई रास्वपा सरकारमा हुनुको उपलब्धी मान्न सकिन्छ रु यो गहन प्रश्न तपाईका लागि ।

म लाग्छु इलाम उपनिर्वाचन र रास्वपा माथिको अनुभवीय समिक्षा सार पस्किन । जुन १५ दिने इलाम खटाइमा भेटिएका निराशा, गुनाशा र प्रतिक्रियासँगै चुनावपछिको विभिन्न समिक्षाबाट आएको तितेपाती हुनेछ ।

२०८१ साल असार ७ गते रास्वपा स्थापना भएको २४ महिना, ७३० दिन, १७ हजार ५ सय २० घण्टा, १० लाख ५१ हजार २ सय मिनेट, ६ करोड, ३० लाख, ७२ हजार सेकेण्ड अर्थात २ वर्ष हुन्छ ।

रास्वपा किन जन्मियो, जन्मको आधार र आवश्यकता के थियो ? मतदाताले किन एक्कैचोटी यति ठूलो बनाए, हुर्काए ? यो सफल हुर्काइलाई राजनीतिक शास्त्रमा अध्ययनको विषय बनाउन सकिन्छ सकिँदैन ?

जन्मको उदेश्यप्रतिको विश्वास उमेरको लम्बाइ अनुसार बढेको छ कि छैन ? उमेर बढ्दै जाँदा विश्वासको ग्राफ उकालो लाग्छ कि ओरालो रु जताबाट तर्क र बहस गरे पनि स्वाभाविक लाग्नसक्छ ।

तर तर्क र बहसको आधार र मानक के ?

वर्षौँदेखि रेडियो टिभिमा देखिँसुनिँदै आएका कोठे विश्लेशक रु आम मान्छेको मन मस्तिश्क रु वा देशको बाध्यता ?

रास्वपा सरकारमा जाने पहिलो र दोस्रो दुवै निर्णय उसका मतदाता, सदस्य र विभिन्न तहका नेताले रुचाएनन्, आँटिलाहरुले खुलेरै विरोध गरे । बिरोध गर्न नसक्नेले आन्तरिक बैठकहरुमा अझै पनि चर्कै प्रतिवाद गरिरहेकै छन् । आफ्ना कुरा नसुन्दाको परिणाम इलामले देखायो भन्छन् उनीहरू ।

राजनीतिक दलले भिडलाई सुन्ने कि सुनाउने रु भारतीय धनाढ्य रतन टाटाको बिचार सापटी लिने हो भने ‘निर्णय सही नहुनसक्छ तर गरिसकेको निर्णयलाई सही साबित गर्नसक्नुपर्छ ।’

आफ्नो निर्णयलाई सही साबीत गर्ने जोखिमी यात्रामा छ रास्वपा ।

एकातिर प्रतिपक्षको पेलाइ अर्कातिर आफ्नै सदस्य, शुभेच्छुक र विभिन्न तहका नेताहरुको कचकच । दुवैलाई बुझाउने ध्याउन्नमा छन् सभापति रवि लामिछाने ।

कुनैदिन सरकारमा जाने अवसर प्राप्त भयो भने कुन मन्त्रालय लिने र त्यहाँ गएर के काम गर्ने ? तयारी गरेर बसेका थियौँ तसर्थ नगर्ने र बिग्रिने छुट हामीलाई छँदैछैन । केही समय धैर्य गरिदिनुहोला भनिरहेका छन् उनी ।

यसमा शंका गर्नुपर्ने कारण पनि छैन । तर सवाल यो होइन । मतको म्याण्डेट कार्यकारी थिएन, खबरदारी थियो । तसर्थ काम गर्ने लोभ अहिल्यै नदेखाऊ । तिमीलाई पौडीबाज बनाउन होइन डुबाएर मार्न पोखरीमा लगेका हुन् । र तिमीहरु डुबेर पानी खाँदै गर्दा बचाउने, निजामति, न्यायालय, प्रहरी, शिक्षक र स्वयं तिमीलाई लानेहरू कोही हुनेछैनन् । तिम्रा असहयोगी मात्र छन् सर्वत्र ।

‘केटाकेटी पारा’, ‘कतिदिन टिक्छे’, ‘गलाउन खोज्नेू ‘ भाषा मिलाउने नाममा निर्णय परिवर्तन गरिदिनेू कर्मचारीप्रति शिक्षा मन्त्रीको तीतो अनुभव छ । गृहमन्त्रीको भावना अनुसार आइजिपीले काम नगरेको भन्ने समाचार आइरहेको छ । यस्तै अनुभव अरू मन्त्रीसँग पनि होला ।

‘रास्वपाका सांसदहरुको प्रस्तुति देखेर रौँ ठाडा हुन्थे । केही गर्छन् भने यिनैले गर्छन् भन्ने आशा लाग्थ्यो । उनीहरुको अध्ययनशिलता, तथ्यपरकतासहितको बोल्ड प्रस्तुतिले भरोशा दिन्थ्यो । तर अहिले हाम्रैजस्ता लाग्न थाले ।’ पुराना दलकाहरुले यसरी चियाचर्चा गर्नथाले ।

यही कारण जनताले भनेका छन् ‘तिमी स्वीमिङ कस्टम र स्विमिङ ट्युवले शक्ति समपन्न नभइ पोखरीमा फालहाल्दा डुबेर मर्यौ भने पुस्तौँदेखिको नेपालीको समृद्धिको सपना डुबेर मर्छ । तिमीहरुलाई भोट दिने मतदाताको भरोशा डुबेर मर्छ, बैकल्पिक राजनीतिप्रतिको आशा डुबेर मर्छ र सिङ्गै देशको भविष्य भासमा गाडिएर मर्छ ।’

यो तर्कमा अडिग छन् उनलाई माया गर्नेहरू ।

‘रास्वपाका सांसदहरुको प्रस्तुति देखेर रौँ ठाडा हुन्थे । केही गर्छन् भने यिनैले गर्छन् भन्ने आशा लाग्थ्यो । उनीहरुको अध्ययनशिलता, तथ्यपरकतासहितको बोल्ड प्रस्तुतिले भरोशा दिन्थ्यो । तर अहिले हाम्रैजस्ता लाग्न थाले ।’ पुराना दलकाहरुले यसरी चियाचर्चा गर्नथाले ।

सरकारमा निदाएका बिराजभक्तहरूभन्दा सदनमा सुस्त बोल्ने अशोक चौधरीहरू नै अधिक प्रिय थिए । तर अहिले रास्वपा सांसदबाट मुखरित हुने जनआवाजमा सरकार नामको पट्टि बाँधिएको छ ।

काम नगर्ने वा गर्न नसक्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने (Right to recal) र मन नपरेको उमेद्वारलाई बहिस्कार गर्ने (Right to reject) नीतिको वकालत गर्ने रास्वपाका मतदाता र सदस्यलाई यति कठोर आलोचक बन्ने छुट अवश्य छ ।

इलाम उपनिर्वाचनको परिणाम रास्वपाको उम्मेद्वारको व्यक्तित्व मात्र कारक छ ? वा आफ्नै शुभेच्छुक, मतदाताले पाठ सिकाएका हुन् ? हिजो कसैले नचिनेका प्रकाश सापकोटा एक्लै हिँडेर पनि तेस्रो मत पाएका थिए । आज संसारलाई ढोल पिटियो, पार्टी एकढिक्का भएर लाग्यो र पनि जमानत जफतको चौथो मत आयो । यसमा जनताको सुझाव नमान्दाको परिणाम मान्न सकिन्छ ?

इलामले बिकल्प नखोजेका पनि होइन । रास्पाका मिलन लिम्बूको ५०५० र स्वतन्त्र उम्मेद्वार डेकेन्द्रसिँह थेगिमको ११४५७ जोड्दा १६५०७ मत परिवर्तको मत हो ।

राजनीतिक चेत भएका र तन्नेरीले मात्र होइन पाका आमाबुवाले पनि भोट माग्दैजाँदा जवाफ दिएका थिए ‘देखिसक्यौँ तिमरको रवि पनि ।’

यहाँ कति अरुले छरेको भ्रम थियो, कति सरकारमा नजाउन् भन्ने आफ्नै आग्रहको विश्वास टुटेको महशुस थियो ।

साँच्चै रास्वपाका मन्त्रीले काम नै नगरेर अपजस खेपेका हुन् त ?

इतिहासमा कसैले नगरेको आँट रवि लामिछानेले गरेको देखिन्छ । चौधरी दाजुभाइबाट बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याए, नागरिकता प्रकरणमा कैलाश शिरोहिया समातिए, सुन तस्करीमा छानविन आयोगले तोकेका कृष्ण बहादुर महरा पक्राउ परे ।

भलै महरामाथि करुणाभाव दर्साएका कारण अदालतबाट हाजिरीजमानीमा छुट्नुको अपयस पनि गृह मन्त्रीले बोकेर हिड्नुपरेको छ ।

जेठ ३२ गते सार्वजनिक गरेको गृह मन्त्रालयको सयदिने काम हेर्ने हो भने प्रशंसनीय छ । शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रबाट राजनीतिलाई बाहिर निकाल्न खोजेको प्रयास पर्याप्त छ, श्रम मन्त्री श्रम र रोजगारीका क्षेत्रमा केही गरिछाड्ने छटपटीमा देखिन्छन्, खेल्कुद मन्त्री चुपचाप केही गर्दै होलान् ।

जेठ ३२ गते सार्वजनिक गरेको गृह मन्त्रालयको सयदिने काम हेर्ने हो भने प्रशंसनीय छ । गणतन्त्र वा संविधान दिवशका अवसरमा सरकारले कैद मिनाहा गर्दा पीडित परिवारको सहमति अनिवार्य गरिएको छ ।

अतिक्रमित ७ सय बिघा जग्गा फिर्ता ल्याइयो, बाँकीको लगत लिइदै छ, २०७९ फागुन, चैत र वैसाखको तुलनामा यस वर्ष ३ महिनामा नाका कडाइ गर्नाले २० प्रतिसत बढी राजश्व उठेको छ । यात्रु सहायताका लागि विमानस्थलमा अध्यागमनबाट छुटै पोसाकमा कर्मचारी खटाइएको छ । ठमेल र दरवारमार्गलाई २४ सै घन्टा खुला गरी रात्रीकालीन व्यावसायलाई सुरक्षा प्रदान गरिएको छ । सुचना संकलनभन्दा हाकिमको रकम उठाउन प्रयोग गरिने घुमुवा प्रहरी परिचालन बन्द गरिएको छ ।

सर्वसाधारणले टेलिफोन, इमेल र ह्वाट्स्एप मार्फत गृह मन्त्रालयको कन्ट्रोलरुममा सम्पर्क गरी सुनासा, सुझाव र प्रतिक्रिया राख्ने व्यवस्था गरिएको छ ।

सर्वसाधारणका लागि सिँहदरबार प्रवेश सहज बनाउन वेभसाइटबाट प्रवेश पास लिन सकिने व्यवस्था, मूल ढोकामा नागरिक सहायता कक्षको स्थापना, जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुनुवाइ गर्नुपर्ने जस्ता सार्वजनिक सेवाका विषयलाई सहज बनाउने प्रयास सराहनीय छ ।

राष्ट्रिय परिचयपत्रमा लाइसेन्स एकीकृत शुरु गरिएको छ । स्वचालित अर्थात ‘अटोमेशन’ प्रहरी बढुवा प्रणाली निर्माण गर्न गृहकार्य जारी छ । ७ हजार ४१ जना फरार अभियुक्त पक्राउ परेका छन् । कार्यविधि बिपरित भिआइपीकहाँ खटेका नेपाल प्रहरीका १०७ र सशस्त्र प्रहरीका १३४ जना प्रहरी कर्मचारी फिर्ता गरिएकोछ ।

बिपद व्यवस्थापन कमाण्ड पोष्ट स्थापना गरिएको छ भने बिपदबाट प्रभावित परिवारलाई अस्थाइ घर बनाउन ५० हजार र जिल्ला अनुसार स्थाई आवस निर्माणका लागि ४,५ र ६ लाख अनुदान दिने व्यवस्था गरिएको छ ।

पक्राउ परेका भिआइपी अभियुक्तले हिरासद छल्न अस्पताल बस्ने प्रवृत्ति रोक्न मेडिकल काउन्सिलको समन्वयमा महान्यायिवक्ता र नेपाल प्रहरीले काम थालेका छन् ।

जनकपुरकी आरती साह मृत्यु प्रकरणमा आन्दोलित उनको परिवारसँग अनुसन्धान गर्ने सहमति, मिटरब्याज पीडित छानविन आयोग गठन भएको छ ।

शिक्षा मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रबाट राजनीतिलाई बाहिर निकाल्न खोजेको प्रयास पर्याप्त छ, श्रम मन्त्री श्रम र रोजगारीका क्षेत्रमा केही गरिछाड्ने छटपटीमा देखिन्छन्, खेल्कुद मन्त्री चुपचाप केही गर्दै होलान् ।

तर पनि अपेक्षा फरक छ । रवि बहुमत वा दुईतिहाइको प्रधाननमन्त्री बनुन् र देशमा सुशासन कायम गरुन् भनेर २०८४ मा भोट दिन पर्खेका छन् मतदाता ।

आफ्नो मतको म्याण्डेड बिपरित सरकारमा गएर बिग्रिन लागेको ठानेका मतदातालाई भाँड्ने काम अरुले पनि गरिरहेकाछन् । यसलाई चिर्नुपर्ने अनावश्यक बोझ बोक्नुपरेको छ रास्वपा कर्मीलाई ।

सन्दिप लामिछानेलाई भिसा दिलाउन पहल नगरेकोमा खेलकुद मन्त्रीमाथि ठूलो आक्रोश छ । परराष्ट्र मन्त्रालयलाई देखाएर पन्छिने हो भने सरकारमा रास्वपा हुनुको के अर्थ ?

मतदाता र शुभेच्छुकलाई थाहा छ रवि लामिछानेहरु, कमाउन, लुट्न, धनी बन्न आएका हुँदै होइनन् । केही गर्ने हुटहुटीले समस्या र समाधान थाहा पाएरै सरकारमा गएका हुन् ।

तर ५ वर्ष निरन्तर चल्न सक्ने आफ्नो सरकार नभएको अवश्थामा राजनीतिका ठूला खेलाडीहरूले अन्तरघाती गोल गराउन मात्रै मैदानमा लगेका हुन् । तसर्थ ‘नो नट अगेन’ मानिएकाहरुसँगै उठबस गर्नुलाई नयाँ राजनीतिक संस्कार मान्न सकेनन् जनताले ।

जान्नेसँग नैतिकता र चरित्र भेटिएन । देश दुनिया घूमेका, लामो राजनीतिक अनुभव हासिल गरेका, दर्जनौँपटक मन्त्रालय चलाएको अनुभव भएकाहरुले नै बिगारेको हो देश । नेता नजान्ने भएर देश नबनेको होइन । अगुवमा इमानदारि र नैतिकता नभएकाले देश नबनेको हो । तसर्थ अब जान्नेलाई होइन ‘इमान र नैतिकता’ लाई छान्ने भनौँ ।

सरकारका केही पार्टनर दलहरू नेपाली काङ्ग्रेसको ‘भ्रम फैलाउ अभियान’ लाई पछाडिबाट थम्ब्स्अप गरेर गो अहेड भनिरहेको ठानेका छन् जनताले । उनीहरुको शंका के हो भने रास्वपा र रविको उदय यी सबैको अस्त हो । आफ्नै अस्तको मतियार आफैँ बन्लान् र ?

तमाम असन्तुष्टी, गुनाशा र निराशा महामन्त्री डा. मुकुल ढकालको समिक्षा यात्रामा छताछुल्ल पोखिएका छन् ।

जान्नेसँग नैतिकता र चरित्र भेटिएन । देश दुनिया घूमेका, लामो राजनीतिक अनुभव हासिल गरेका, दर्जनौँपटक मन्त्रालय चलाएको अनुभव भएकाहरुले नै बिगारेको हो देश । नेता नजान्ने भएर देश नबनेको होइन । अगुवमा इमानदारि र नैतिकता नभएकाले देश नबनेको हो । तसर्थ अब जान्नेलाई होइन ‘इमान र नैतिकता’ लाई छान्ने भनौँ ।

किनकि खरायोले दौड नजितेर कछुवाले जित्यो । बिलगेट्स् भन्दा उसका कामदार बढी योग्य र क्षमतावान छन् तर आर्थिक उच्चता बिलगेट्ससँग छ । तसर्थ सफलता क्षमताले होइन एट्टिटुयडले प्राप्त हुन्छ, व्यक्तिको सोच र सपनाले हात लाग्छ ।

ल्याटरल इन्ट्रि कि संगठन रु दुईमध्ये एक छानौँ ।

पार्टी बनेपछि बिधानतः संगठन बन्छ । संगठन बनाउन व्यक्तिको श्रम, टिमवर्क, विवेक, क्षमता र समय चाहिन्छ । जब व्यक्तिले लगानी गर्छ त्यसबाट अपेक्षा गर्नु अप्राकृतिक होइन ।

एक निश्वार्थ व्यक्तिले पनि देश बनाउने अभियानमा कतै न कतै भुमिका निर्वाह गर्न चाहन्छ । र नै आफ्ना बालबालिकाको खाजा खर्च कटाएर, भान्साको तरकारी खर्च घटाएर इन्धन खर्च जुटाउँछ र दौडिन्छ झण्डा बोकेर ।

एउटाले संगठन बनाउने, जनताका समस्यामा काम गर्ने, पार्टीका निर्देशनहरू पालना गर्ने तर ल्याटरलका नाममा चुनाव लड्न भोलि कोही आउँछ भने यो नै महारोग बन्नेछ रास्वपामा ।

अरु दलमा वडादेखि माथिसम्म भएका यस्ता अघोषित ल्याटरलकै कारण असन्तुष्टीको सचेत भोट रास्वपामा आएको हो ।

केही अपवाद बाहेक आफू आबद्ध पार्टीलाई कहिल्यै भोट नहाल्ने र भोट किनबेचमा लागिरहनेहरुले प्राप्त गरेका छन् ‘ल्यारल ईन्ट्री’ ।

अपवाद बाहेक रास्वापामा आउने तिनै हुन्, यता आउने बित्तिकै दूधले नुहाएर नआउलान् ।

भावी दिनको कुरा गरौँ अब । लेखक मतभन्दा पनि जनमतकै आवाज मुखरित गर्न चाहन्छु ।

बालेन मेयर बनेपछि रविहरू हौसिएर आए, यी दुईमा को महान भनेर कतिपयले तुलना गरेको देखिन्छ ।

बालेनकै हौसलाबाट रवि आएका भए पनि बिग्रिएको त केही छैन । तर सत्य के हो भने रासकोट अस्पताल निर्माणको टिमवर्कबाट हौसिएर २०७६ सालदेखि नै रवि लामिछाने र मुकुल ढकालहरुले राजनीतिक दल खोल्ने तयारी गरेका थिए ।

अण्डा पहिले आओस् वा चल्ला तर स्वस्थ्य कुखुरो हुर्किनुपर्छ ।

पुरानाको गठबन्धन र स्वतन्त्रहरुको रहरको कारण २०७९ मा १६ सिट कम भएको थियो रास्वपाको । इलाम उपनिर्वाचनले पनि त्यो असर देखायो । २०८४ मा पनि त्यस्ता राजनितिक धानमा बन्सोहरू मिसिए भने नागरिक समृद्धिको बाली नाश हुनेछ । कि त बन्सो हटाउनुपर्छ कि धानमै रुपान्तरण गर्नुपर्छ ।

जनचाहना यत्ति छ बालेन, रवि र गोपी हमालहरू एकसाथ एकठाम हुनुपर्छ ।

रास्वपासहित बालेनको नेतृत्वमा ‘स्वतन्त्र स्थानीय जन प्रतिनिधि अभियान’ चलाऔँ, केन्द्रमा रविको नेतृत्वमा ‘रास्वपा मिसन ०८४ अभियान’ चलोस् । जसरी हुन्छ रवि बालेनलाई एक साथ भोट हाल्न चाहन्छन् जनता । वा रवि बालेन केन्द्रमै, ७५३ स्थानीय स्तरमा नयाँ बालेनहरुको खोजी थालौँ । यसरी जुट्दाको अवश्थामा कसले नदेला साथ ?

जो प्रधानमन्त्री भए पनि पुरानाहरुको एकाधीकारबाट देशलाई उद्धार गर्नुपर्छ । २०८४ मा फलानोले नेतृत्व गर्ने, संविधान संशोधनबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री फलानो बन्ने भनेर समझौता गरे हुन्छ । वा चौरासीपछि रवि, बालेन दुबैजनाले त्याग गर्दै अनुशासनको लगाम खिचेर देश चलाउने जिम्मा कुनै सक्षम सहकर्मीलाई दिए पनि हुन्छ ।

नेतृत्व हस्तान्तरण बिर्सेर तेस्रो चोटी नरेन्द्र मोदीले प्रधानमन्त्रीको ताज पहिरेको विश्व राजनीतिमा रवि बालेन दुबैलाई यो त्यागले अजरअमर बनाउनेछ ।

यदि आफैँ कार्यकारी बनेर देश बनाउनुछ भने कहिले कसले नेतृत्व लिने सम्झौता गरौँ । सम्झौतामा इमानदार बनौँ ।

तपाई दुईतिहाइ दिनुस् हामी जनमैत्री संविधान, कानुन र सुशासन सहित विकास दिन्छौँ भनेर जनतासँग भोट मागौँ । कसले रोक्ला र एकल सरकार चलाएर देश बनाउन ।

वा रास्वपासहित बालेनको नेतृत्वमा ‘स्वतन्त्र स्थानीय जन प्रतिनिधि अभियान’ चलाऔँ, केन्द्रमा रविको नेतृत्वमा ‘रास्वपा मिसन ०८४ अभियान’ चलोस् । जसरी हुन्छ रवि बालेनलाई एक साथ भोट हाल्न चाहन्छन् जनता ।

वा रवि बालेन केन्द्रमै, ७५३ स्थानीय स्तरमा नयाँ बालेनहरुको खोजी थालौँ । यसरी जुट्दाको अवश्थामा कसले नदेला साथ ?

यसका लागि त्याग आवश्यक छ । त्याग आफूबाट होइन अरुबाट हुनुपर्छ भन्ने प्रवृत्तिलाई पहिले त्याग गर्नुपर्छ । त्यागीहरुलाई नै समयले अवसर दिनेछ ।

अन्यथा आफ्ना सन्तानको शिक्षाका लागि एउटा बाबु जीवनभर अरुको देशमा गुलामी गर्छ । जीवनभरको कमाईबाट एउटा घरघडेरी जोड्छ । तर परिवारमा कसैलाई कठोर रोग लाग्छ उपचारका क्रममा जीवनभरको कमाई छिनमै सकिन्छ र ऊ फेरि सडकमा पुग्छ । यो पापको भार रवि बालेनहरूले थेग्नुपर्नेछ ।

स्वास्थ्य, शिक्षा र रोजगारी आकासको फल बनेको अवश्थामा सीमाना जोडिएका चाइना वा भारतसह विकासमा कुम जोड्न कहिले पुग्ने ?

नयाँहरुको स्वार्थ यत्ति होस् केबल देश र जनता ।

यो झलक शुरु भएका दिनदेखि रास्वपा उमेरको हरेक वर्षले बलियो भरोशा रोप्दै जानेछ । हरेक वार्षिक उत्सवले आनन्द, गर्व र त्यो दिन प्राप्तिको हतारो दिनेछ । यही कामनासहित, तेस्रो वर्ष प्रवेशको रोपाईमा रास्वपालाई हार्दिक शुभकामना ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *