अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अध्यक्षमा शाह, उपाध्यक्षमा ढकाल, पोखरिया, बन्जरा र श्रेष्ठ चयन

news-details

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले स्वतन्त्रप्रताप शाहको अध्यक्षतामा अन्तर्राष्ट्रिय कार्यकारी समिति गठन गरेको छ । महासंघको हालसालै सम्पन्न वार्षिक साधारणसभाले सन २०२३ देखि २०२५ सम्मका लागि शाह (अष्ट्रेलिया) को अध्यक्षतामा अन्तर्राष्ट्रिय कार्यकारी समिति गठन गरेको हो । शाह महासंघका संस्थापक अध्यक्ष समेत हुन ।

साधारणसभाले वरिष्ठ उपाध्यक्षमा गोकर्ण ढकाल (हङकङ), उपाध्यक्षहरुमा पूर्ण पोखरिया (कतार), रमेश श्रेष्ठ (युएई), आकाश बन्जरा (हङकङ), प्रकाश थापा (अमेरिका), समिम अनवर (अष्ट्रेलिया), दिला खरेल (अष्ट्रेलिया)लाई चयन गरेको छ । त्यसैगरि महासचिवमा दिपेन घले (हङकङ), सचिवहरुमा प्रदीप न्यौपाने (चीन), कुमार कार्की (साउदी अरेबिया), कोषाध्यक्षमा उषा गुरुङ (अष्टेलिया), सह–कोषाध्यक्षमा ओम ज्ञवाली (चीन), प्रवक्तामा शम्भु कँडेल (अष्ट्रेलिया) चयन भएका छन ।

साथै कार्यकारी सदस्यहरुमा रजनीश भट्टराई (हङकङ), मनिषा श्रेष्ठ डंगोल (बेलायत), अमर सापकोटा (कतार), विकास दाहाल (कतार), एमके पौडेल (अमेरिका), निराजन खत्री (दूवई) र थर्कबहादुर कार्की (यूएई) चयन भएका छन ।

साधारणसभाले एसिया प्यासिफिकको क्षेत्रीय अध्यक्षमा रुस्तम श्रेष्ठ (मकाउ), यूरोपको क्षेत्रीय अध्यक्षमा राजेन्द्र कँडेल (स्पेन), मध्यपूर्वको क्षेत्रीय अध्यक्षमा विकास शाही (यूएई), उत्तर अमेरिकाको क्षेत्रीय अध्यक्षमा रोशन बुढाथोकी (अमेरिका)लाई चयन गरेको छ ।

हाल १० वटा देश अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान, चीन, हङकङ तथा मध्यपूर्वको कतार, युएई, साउदी अरव, मकाउ र क्यानडामा सञ्जाल विस्तार गरिसकेको महासंघले सन २०२५ सम्ममा कम्तीमा २० वटा देशमा सञ्जाल विस्तार गर्ने निर्णय पनि गरेको छ ।

उद्यमीहरुको सशक्तिकरण गर्ने, उनीहरुलाई विभिन्न सञ्जालमा आबद्धता गराउने, उनीहरुको क्षमता विकास गर्ने, विभिन्न सम्मेलनमार्फत विचार आदानप्रदान गर्ने उद्देश्यले सन २०२१ डिसेम्बर ३ तारिख काठमाडौँ स्थित याक एण्ड यति होटलमा महासंघ स्थापना भएको थियो ।

महासंघले सन २०२३ मा अलफ्ट होटलमा अन्तर्राष्ट्रिय उद्यमी समिट आयोजना गरेको थियो । स्थापनायता महासंघले नीति तथा पैरवी सम्मेलन गरिसकेको छ । साथै नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, नेपाली युवा उद्यमी फोरमले विभिन्न वेभिनार, टक शोको आयोजना लगायतका कार्य गरिसकेको छ ।

महासंघले नेपाल र प्रवासी नेपाली ब्यबसायीको सम्बन्धमार्फत अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने, विशेष गरी विदेशमा रहेको नेपाली व्यवसायीहरुसँगको सम्बन्ध विस्तार गर्ने, व्यापार व्यवसाय बढाउने, विचार आदानप्रदान गर्ने, नेपालमा लगानीका सम्भावना पहिचान र सहजीकरण गर्ने लगायतका उद्देश्य लिएको छ ।

विभिन्न व्यावसायिक सञ्जालमार्फत सल्लाह तथा परामर्श प्रदान गर्दै आएको महासंघले स्टार्टअप संस्कृतिको सुरुआत गर्दै नेपाल र अन्तर्राष्ट्रिय स्तरमा रहेका उद्यमिहरुलाई प्रोत्साहन गर्दै लगानीको अवसर समेत सिर्जना गर्दै आएको छ ।

विभिन्न संघ तथा संस्थासँगको सहकार्यमा काम गर्दै आएको महासंघले माध्यमिक तहका विद्यालयका विद्यार्थीलाई युवा उद्यमीसँग जोडेर उद्यमशिलता तर्फ अग्रसर गराउने लक्ष्य राखेको जनाएको छ ।

फिनेको नवनिर्वाचित उपाध्यक्ष पोखरियाले संस्थाले प्रवासमा रहेका नेपाली ब्यावसायीहरुका लागि विविध कार्यक्रम गर्दै देश विकासको लागि केही ईटा थप्ने कार्य गर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *