सीप विल्डिङमा अनुत्तीर्णलाई पनि कोरियन भाषा परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश
- पुस ५, २०८०
- 0

सीप विल्डिङमा फेल भएकालाई कोरियन भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको छ।
बिहीबार न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश दिएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए।
यसअघि पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनिएको थियो ।
तर रोजगार अनुमति प्रणाली (इपीएस) को उक्त निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालतले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्त्रिम आदेश दिएको छ ।
0 प्रतिक्रिया
राप्रपा महामन्त्री राणा जमानीमा रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा […]
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतवार बसेको […]
आज मौसम आंशिक बदली रहने

हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभावका साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम […]
अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ […]
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् । आइतबार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष […]