सीप विल्डिङमा अनुत्तीर्णलाई पनि कोरियन भाषा परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश

news-details

सीप विल्डिङमा फेल भएकालाई कोरियन भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको छ।

बिहीबार न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश दिएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए।

यसअघि पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनिएको थियो ।

तर रोजगार अनुमति प्रणाली (इपीएस) को उक्त निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालतले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्त्रिम आदेश दिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *